back
NMB ad

वैशाख ३ गते नुवाकोटको बटारमा राष्ट्रिय कविता महोत्सव हुने

Kumari bank ad

नुवाकोट । नुवाकोट जिल्लामा स्थापित भई राष्ट्रिय साहित्यमा विशेष योगदान गर्दै आएको नुवाकोट साहित्य प्रतिष्ठानले बैशाख ३ गते नुवाकोटको बटारमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने भएको छ ।

विशिष्ट कवि तथा साहित्यकारको उपस्थिति रहने उक्त कविता वाचन समारोहमा देशभरिबाट २० जना उत्कृष्ट कवि तथा साहित्यकारको कविता छनौटमा परेको आयोजक समितिका संयोजक तथा प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिएका छन् ।
महोत्सवमा सहभागीता जनाउनका लागि देशभरबाट १ हजारभन्दा भन्दाबढि कविताहरुले प्रतिष्पर्धामा आफुलाई उभ्याएपनि अन्तिम प्रतिस्पर्धाका लागि २० कविता छनौटमा परेका हुन् । राष्ट्रिय ख्यातिप्राप्त कवि एवं साहित्यकारहरु सम्मिलित एक निर्णायक मण्डलले विभिन्न जिल्लाका २० कवितालाई अन्तिम छनौट गरेको हो ।

आयोजक नुवाकोट जिल्लाबाट मात्रै पनि ८० भन्दा बढि कविता प्रतिस्पर्धाका लागि दर्ता भएका थिए । तर अन्तिममा नुवाकोटबाट कवि शिवप्रसाद नेपालको कवितामात्र प्रतिस्पर्धाका लागि छनौट हुनसक्यो ।
बैशाख ३ गते बटारको तेक्वाण्डो कभर्ड हलमा आयोजना हुने कविता महोत्सवमा विशिष्ट कविहरु डा. खगेन्द्र लुइटेल, डा. गार्गी शर्मा, सरुभक्त, श्रवण मुकारुङ सम्मिलित निर्णायक मण्डलले ती २० बाट उत्कृष्टलाई छनौट गर्नेछ ।
उक्त महोत्सवमा सहभागी ३ उत्कृष्ट कविताले नगद सहित आकर्षक पुरस्कार पाउनेछन् । प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने कविता प्रतियोगीतामा प्रथम हुनेले २५ हजार रुपैंया नगद पाउनेछन् । महोत्सवमा सहभागी सबै कवि एवं साहित्यकारहरुलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

अन्तिम छनौटमा रहेका प्रतिस्पर्धिहरुको लिष्ट देहायबमोजिम रहेको छ :–

sahitya nuwakot

वि.सं.२०७२ चैत २९ सोमवार ११:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...