back
NMB ad

गण्डकी प्रदेशको २ वर्ष पूरा : यी हुन् सरकारको ३० बुँदे उपलब्धि (सूचिसहित)

Kumari bank ad

काठमाडौं । गण्डकी प्रदेश सरकार स्थापना भएको २ वर्ष पूरा हुँदैछ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन ४ गते सपथ ग्रहणपश्चात प्रदेश सरकार गठन भएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धि भनेर शुक्रबार ३० वटा बुँदा सार्वजनिक गरेका छन ।

मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको बुँदामा अघिल्लो आर्थिक वर्षमा निर्णय भएको प्रदेशको राजधानी र नाम तोक्न सफल भएको विषय एक नम्बरमा राखेको छ ।

प्रदेश सभाले २०७५ असार १८ गते प्रदेशको राजधानी पोखरा तोकेको थियो भने सोही वर्ष असार २२ गते प्रदेशको नाम गण्डकी राखेको थियो ।

उपलब्धिको दोस्रो बुँदामा प्रदेशले दुई वर्षको अवधिमा ३२ वटा कानुन बनाएको, ६ वटा नियमावली र २ वटा गठन आदेश स्वीकृत भएको उल्लेख छ ।

उपलब्धिको दसौं बुँदामा प्रदेशले खानी तथा खनिज, पर्वतारोहण, विद्युत, वन र जलस्रोत बापत २८ करोड ५८ लाख ८९ हजार रोयल्टी प्राप्त गरेको उल्लेख छ ।

उपलब्धिका अन्तिम बुँदामा भने नवलपुरको धौबादीमा फलाम कम्पनी सञ्चालन गर्न प्रदेशलाई ३ प्रतिशत शेयर बापत १२ करोड लगानी गरेको र संघीय सरकारलाई गण्डकी प्रदेशको शेयर १५ प्रतिशत र्पुयाएर ६० करोड शेयर लगानीका लागि नेपाल सरकारलाई अनुरोध गरेको उल्लेख छ ।

३० बुँदे उपलब्धिको सूचि हर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन २ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...