back
NMB ad

एनएलजी इन्स्योरेन्सको हकप्रद फागुन २२ गतेदेखि विक्रीमा

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर फागुन २२ गतेदेखि विक्रीमा आउने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते स्वीकृति पाएसँगै कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले माघ २६ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ६ ९१०ः६० को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी  ६४ करोड ४ लाख ६ हजार २५० रहेको छ । हकप्रद बाँडफाँट पछि उक्त पूँजी  १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

वि.सं.२०७६ फागुन ४ आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...