काठमाडौं । आजै रातीबाट लागू हुने गरि नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।
निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजिी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।
वि.सं.२०७६ फागुन ५ सोमवार १८:०९ मा प्रकाशित