काठमाडौं । २१ विकास बैंकमध्ये ६ ओटा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । एक्विजिशन तथा मर्जरमा जान लागेकाले कारोबार रोक्का भएको हो ।
देव विकास बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक र सहारा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ ।
देव विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । त्यसैगरी गन्डकी विकास बैंकलाई मेगा बैंकले प्राप्ति गर्ने, कैलाश विकास बैंकलाई प्राइम कमर्शियल बैंकले, कञ्चन डेभलपमेन्ट बैंकलाई एनएमबी बैंकले र सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने सम्झौता भएको हो ।
देव विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता भएसँगै कारोबार रोकिएको थियो । पछि बैंकले प्राप्ति प्रक्रिया रद्द गरिसकेको छ।
वि.सं.२०७६ फागुन ११ आइतवार १४:५५ मा प्रकाशित