back
NMB ad

धादिङको बेनीघाटका २७ जनामा देखियो दादुरा संक्रमण

Kumari bank ad

काठमाडौं । सरकारले सन् २०२३ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, वर्षको सुरुवातमै धादिङको बेनीघाटमा २७ जनामा दादुरा संक्रमण देखिएको छ ।

बेनीघाटस्थित चेपाङ बस्तीका २७ जनामा एकैपटक संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नमुना परीक्षणका क्रममा उनीहरूमा दादुरा पोजेटिभ देखिएको हो।

सो ठाउँका मानिसको ढाड, पिठिउँ, अनुहारमा स–साना राता दाना देखापरेको थियो । साथै, टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा दाना फैलिन थालेपछि उनीहरूमा दादुराको आशंका गरिएको थियो ।

बिरामीको नमुना परीक्षणका लागि आइतबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । गम्भीर बिरामी परेका तीनजनामध्ये दुईजनालाई कान्ति बाल अस्पताल र एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

डा. गौतमका अनुसार ६ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुरा संक्रमण देखिएको छ । सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर अध्ययन गर्दा त्यहाँका बालबालिकाले पाउनुपर्ने ११ प्रकारका खोप नियमित नलिएको देखिएको छ । ‘नियमित खोप नलिएको खण्डमा जुनसुकै उमेरमा पनि दादुरा देखिन सक्छ, ’ डा. गौतमले भने ।

खोप लगाउन आउनेलाई अन्डा र सर्वोत्तम पिठो 

प्रभावित क्षेत्रमा सरकारले तत्कालै खोप केन्द्र स्थापना गर्ने भएको छ । त्यस्तै, खोप लगाउन आउनेलाई अन्डा र सर्वोत्तम पिठोसमेत दिने निर्णय गरेको छ ।

नेपालले सन् २०१९ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको थियो । तर, दादुरा संक्रमणको दर बढ्न थालेपछि सन् २०२३ सम्मका लागि लक्ष्य सारेको छ । विश्वका अन्य देशहरूमा दादुरा संक्रमण देखिएपछि नेपालको लक्ष्य केही पर धकेलिएको हो ।

महाशाखाका अनुसार सन् २०१७ मा ७७ जनामा दादुरा पुष्टि भएको थियो । तर, यो संख्या सन् २०१८ मा बढेर साढे दुई सय पुग्यो । यस्तै, सन् २०१९ मा चार सय २८ जनामा दादुरा संक्रमण देखिएको थियो । डाक्टर गौतमले भने, ‘दादुरा संक्रमितको संख्यामा वृद्धि हुनुमा नियमित खोप नलगाउनु मुख्य कारण हो ।’ यस्ता प्रकोप रोकथामका लागि खोपले ९५ प्रतिशत जनसंख्यालाई कभर गर्नुपर्छ ।

उनका अनुसार जन्मेदेखि एक वर्षको उमेरसम्मका बालबालिकाले तालिकाअनुसार ११ खोप प्राप्त गर्नुपर्छ । दादुराको खोप नौै महिना र १५ महिनामा लाउनुपर्ने हुन्छ ।

दादुरा–रुबेला खोप अभियान 

नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यअनुसार ‘दादुरा–रुबेला खोप अभियान ०७६’ जारी छ । जन्मेदेखि ५ वर्ष उमेर समूहका ३० लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य छ ।

सरकारले पहिलो चरणअन्तर्गत १ फागुनबाट प्रदेश १, २ र ५ मा अभियान सुरु गरिसकेको छ । यो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार चार सय ३३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

यस्तै, दोस्रो चरणअन्तर्गत चैतमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार सात सय ७१ बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने लक्ष्य छ । नयाँ पत्रिकामा खबर छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०६:४८ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...