back
NMB ad

एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण

Kumari bank ad

काठमाडौं । एनसीसी बैंक अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश वितरण गरेको छ । कोषले गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश वितरण गरेको हो ।

आफ्ना ३०० भन्दा बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १ दशमलव ४९ प्रतिशत लाभांश कोषले खातामै जम्मा गरिदिएको हो ।

कोषले विगतका वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको बताएको छ । सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रू. १५ हजारसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा समेत प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।

एनसीसी बैंक अवकाश कोष नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजस्व विभागबाट स्वीकृति लिई विगत १७ वर्षदेखि कारोबार सञ्चालन गर्दै आएको छ ।

कोषले देशभर १२१ शखाहरुमार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोषलगायत अन्य कोषहरुको खाता खोल्ने काम गर्दै आएको छ । साथै, संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवम् अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता दिने जस्ता काम गर्दै आएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...