back
NMB ad

फागुन २८ गतेदेखि गुडविल फाइनान्सको ऋणपत्र निष्कासनमा

Kumari bank ad

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १२ प्रतिशत ब्याजदरमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । वि.सं २०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि’ रेटिङ प्रदान गरेको छ । कम्पनीले धितोपत्र बोर्डसँग फागुन ६ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीको ऋणपत्रमा छिटोमा चैत २ गते तथा ढिलोमा चैत १२ गतेसम्म आबेदन दिन सकिनेछ ।

वि.सं.२०७६ फागुन १८ आइतवार ०९:१२ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...