back
NMB ad

काठमाडौंको बाङ्गेमुढामा सिभिल बैंकको शाखा

Kumari bank ad

काठमाडौँ । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज काठमाण्डौ जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

आज एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गरेका छन् ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको थियो ।

बाङ्गेमुढा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा तामाङ्गले बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहा‘का उद्यमी ब्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताए ।

त्यसैगरि काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पुर्याउने कुरामा विस्वस्त रहेको बताए ।

उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्घता जनाए ।

उक्त शाखाको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, नेपाल प्रहरी जनसेवा, बिशालबजारका प्रहरी नायब उपरिक्षक सुनिल जंग शाह लगायत, जनसेवा टा«फिक प्रहरीका निरिक्षक गोविन्द राउत लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५३ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १११ पुगेको पनि बैंकले जनाएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १८:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...