back
NMB ad

सरकारले गर्यो आठ सचिवको सरुवा र पदस्थापन, को कहाँ ?

Kumari bank ad

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव एवं कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याललाई सचिवमा बढुवा गरी काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अर्का वरिष्ठ सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गर्दै अर्थ मन्त्रलायको राजस्व सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार ०७:२५ मा प्रकाशित

You can share this post!

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...