back
NMB ad

राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनाको विस्तृत दस्तावेज पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै गरिबीको रेखामुनी रहेकालाई शून्यमा झार्ने गरी योजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।

योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल १५औं योजनाका आधारपत्रमा थपिएका विषयका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी योजनाका बारेमा टिप्पणी गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले रोजगारी सृजना नगरी गरिवी निवारण गर्न नसकिने भन्दै रोजगारी उपलब्ध हुने योजनाहरु कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । १५औं योजना आगामी ५ वर्षका लागि तयार पारिएको हो । गत जेठमा यसको आधारपत्र पारित भएको थियो ।

१५ औं योजनामा ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रम समावेश गरिएको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १३:१७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...