back
NMB ad

यस्तो आयो अस्पताल जानुअघि प्रधानमन्‍त्रीको भिडियो सन्देश : ‘बेष्ट स्ट्राइकरले मैदान छोड्दैन’

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई अपिल गर्नुभएको छ ।अस्पताल जानुअघि प्रधानमन्त्रीको भिडियो सन्देश दिदै ओलीले यस्तो अपिल गर्नुभएको हो । उहाँले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउँदै भन्नुभएको छ ’संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस ।”

भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित आउने विश्वास व्यक्त गर्नुभएको छ । ओलीले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा गरिने मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त हुँदा गर्व लागेको बताउनुभयो ।

https://www.facebook.com/AnnapurnaPost/videos/852589058536933/

उहाँले भन्नुभएको छ , ’विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु। त्यसमाथि आफ्नै देशका अनुभवी चिकित्सकहरूद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

ओलीले आफ्नो सिंगो जीवन संघर्षमै बितेको स्मरण गर्दै भन्नुभएको छ, मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ ।

उहाँ भन्नुभयो, ’आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन ।

आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुँदैछु ।’

ओलीले भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप नहुने दृढता व्यक्त गर्दै भन्नुभयो, ’भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ ।

कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरू सबैले आफूलाई उभ्याउनु भयो’ प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, ’यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा ‘बेष्ट स्ट्राइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।’ (समाचार/भिडियो :अन्नपूर्णपोष्ट)

वि.सं.२०७६ फागुन १९ सोमवार १८:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...