back
NMB ad

नेप्से राताम्मे, ६८ अंकले ओरालो झर्‍यो

Kumari bank ad

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ६८ अंकले झरेको छ। दिनभर उतारचढावका बाबजुत नेप्से अघिल्लो दिनको तुलनामा ४. ५४ प्रतिशतले घटेको हो।

कारोबार खुलेको २४ मिनेटपछि उकालो लागेको नेप्सेको ट्रेन्ड ११ः४१ बजेदेखि पुनः ओरालो लाग्यो। १ः २६ देखि बढ्न खोजेको नेप्से १२ मिनेट मात्रै टिक्यो। यस दिन २ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भयो। १७४ कम्पनीको ६७ लाख ७१ हजार कित्ता सेयर किनबेच भयो।

यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ ६०, व्यापार २, होटल ८०, विकास बैंक ७२, जलविद्युत २९, फाइनान्स १४, निर्जीवन बीमा ४०६, उत्पादन ८८, अन्य २८, लघुवित्त १४८ तथा जीवन बीमा ४५६ अंकले घटेका छन्।

यस दिन कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २६ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो। एनएमबि बैंकको १३ करोड ८९ लाख रुपैयाँको कारोबार भयो। हिमालय डिस्टिलरी तथा एनआइसी एसिया बैंकको पनि १३ करोडमाथिको कारोबार भयो।

सामुदायिक लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ५ प्रतिशतले बढ्यो। नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको मूल्य १० प्रतिशतले घट्यो।

वि.सं.२०७६ फागुन २१ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...