back
NMB ad

प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन । स्वास्थ्य अवस्थामा सुधाइ रहे पनि प्रधानमन्त्री ओलीलाई केही दिन आईसीयूमै राखेर उपचार गरिनेछ ।

रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ। आज बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लाग्छ, उपचारमा संलग्न चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।

तर ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने उनले बताए । उनका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ ।

साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेका छन् । चिकित्सकहरूले त्यसलाई नयाँ मिर्गौलाले राम्ररी काम गरेको अर्थ लगाएका छन् ।

‘प्रत्यारोपण गर्ने बित्तिकै मिर्गौलाले राम्रोसँग काम र्गयो भने मिर्गौलामा रक्तसञ्चार राम्रो भयो भन्ने बुझिन्छ। मिर्गौलामा रक्तप्रवाह हुने बित्तिकै प्रशोधन हुन थाल्छ। त्यसले गर्दा शरीरमा जम्मा भएको पानी शरीरले फाल्न थाल्छ,’ डा. ज्ञवालीले भने ।

सँगसँगै त्यस्तो होस् भनेरै सलाइनपानी चलाइराखिएको हुन्छ। सामान्य हिसाबले बुझ्दा के हो भने शरीरमा भएका पानी र अन्य अनावश्यक पदार्थ निक्लिरहेको हो। अहिले आराम गरिरहेका ओलीको अवस्था सुधार भएसँगै उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको आफूले थाहा पाएको उनले बताए । शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।

उनको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस बुधवार साँझमै आएको थियो । बीबीसीमा उल्लेख भएको समाचारअनुसार प्रधानमन्त्री ओली अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा छन् ।

प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्रायः निदाउने गरेका छन् । तर बिउँझिएका बेला उनी चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा. ज्ञवालीले बताए ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...