back
NMB ad

सम्हालिने प्रयासमा नेप्से : ५.५० अंकले घट्यो, यी ५ कम्पनीको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । बिहीवार शेयर बजार मापक नेप्से ५.५० अंकले घटेर १४३५.७० अंकमा आएको छ । साताको अन्तिम कारोबार दिन २ अर्ब ४५ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

विहीवार ७ समूहको सूचक ओरालो लाग्न पुगेको छ भने ५ समूहको सूचक उकालो लाग्न पुगेको छ । विकास बैंक, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र जीवन बिमा कम्पनी समूहको सूचक उकालो चढ्दा बाँकी समूहको सूचक ओरालो लागेको छ ।

बिहीवार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३ लाख ४ हजार ४८ कित्ता शेयरको खरीदविक्री हुँदा रू.३७ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनएमबि बैंकको रू.१२ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । यस्तै, एनआईसी एशिया बैंकको रू. ९ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको रू. ८ करोडभन्दा बढीको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १७९ कम्पनीमा ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीको घटेको छ । साथै २१ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १५:२३ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...