back
NMB ad

बागमती प्रदेशको निर्णय : कोरोना संक्रमण न्युनिकरणका लागि हात नमिलाउने

Kumari bank ad

हेटौँडा । बागमती प्रदेशले कोरोना भाईरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

बिश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ ।

नेपालीको परम्परा देखि चलिआएको चलन एबम् हातका कारण कोरोना बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को निति अवलम्बन गर्न जनसमुदायमा आब्हान गर्ने निर्णय पनि गरेको हो ।

बिहिबर नै बसेको मन्त्रिपरिषदको बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बुधबार मात्र मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एबम् मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यबाद ज्ञापन गरेको छ ।

यस्तै प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराईदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्विकृत दिने, चालु आर्थिक बर्षको लागि प्रदेश बिषेश अनुदान तर्फका थप योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यस्तै साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय समेत खारेज गर्ने निर्णय गरेको छ । यसअघि साझा सहकारी संस्थासंग मिलेर बस सञ्चालन गर्ने भनिएपनि सहमति अनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १६:५४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...