back
NMB ad

अर्थतन्त्रमा कोरोनाको असरबारे अध्ययन शुरू

Kumari bank ad

काठमाडौं । सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ ।

बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए ।  खतिवडाका अनुसार कारोनाका असरका लक्षणहरू मात्र अर्थतन्त्रमा देखिएको हो, अहिलेसम्म कुनै प्रतिकूल असर परिसकेको अवस्था होइन ।

अर्थ मन्त्रालयका अनुसार अहिले असरको अध्ययन हुँदै छ, सरकारले तत्कालै राहतको प्याकेज ल्याउने तयारी गरेको छैन ।  मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले कुनै प्याकेजको कार्यक्रम ल्याउने सोचमा नपुगिसकेको तर अर्थतन्त्रमा पर्ने असरका बारेमा उच्च सर्तकमा मन्त्रालयमा रहेको बताए ।

अर्थका अधिकारीहरूका अनुसार आगामी आर्थिक वर्षको बजेटको तयारीमा मन्त्रालय जुटिसकेकाले आवश्यक परेमा सोही बजेटबाटै सम्बोधन गर्न सकिने बताउँछन् । ‘कुनकुन क्षेत्रमा कोरोनाले असर गरिरहेको छ भन्ने बारेमा रिपोर्टिङ भइरहेको छ ।

कर छूट दिने वा सहुलियत दिने बारे आगामी बजेटबाटै पनि सम्बोधन गर्न सकिन्छ,’ मन्त्रालयका अर्का उच्च अधिकारीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०६:४३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...