back
NMB ad

६ महिनालाई पुग्ने खाद्यान्न छ : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय

Kumari bank ad

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरसका कारण अत्याधिक माग बढेको र सर्वसाधारणले माक्स र सेनेटाइजर मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ ।

त्यस्तै, उक्त मन्त्रालयले माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै वजार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभागलगायत सम्बद्ध निकायहरुबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने भन्दै बजारमा विभिन्न बस्तुको अभाव नभएपनि कृतिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमन गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।

उपभोक्ताहरुलाई उपभोग्य बस्तुको अभाव नभएको विषयमा आश्वस्त पार्न तथा छाता संगठन मातहत निकायले आपुर्ति व्यवस्था नियमित गर्ने र मूल्यबृद्धि गर्न नदिने व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अनुचित नाफा कमाउने उदेश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृतिम अभाव नगर्न सरकारले व्यवसायीहरुलाई सचेत गराएको छ ।

त्यस्तै, मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाई छ ।

पत्रकार सम्मेलनमा मन्त्री लेखराज भट्टले बजार हल्ला हुँदा उपभोक्ताले स्टक बढाउने गरेकाले समस्या भएको बताए । ‘बजार हल्ला हुँदा उपभोक्ताले होल्डिङ बढाउन थाले’, मन्त्री भट्टले भने, ‘सञ्चारमाध्यमले पनि यस्तो बेला संयमित समाचार दिन आवाश्यक छ ।’

उनले खाद्यन्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । कोरोना त्रासपछि बजार भाउको मूल्य बृद्धि भएको भन्ने जनगुनासो बढिरहेका बेला मनत्री भट्टले स्याउ र लसुनमा बाहेक मूल्य नबढेको प्रस्ट पारेका छन् ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:३१ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...