back
NMB ad

पेन्सन बढाउने उपाय रच्दै कर्मचारी ! धमाधम दिन थाले राजीनामा

Kumari bank ad

काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । कर्मचारी समायोजन ऐनमार्फत प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीले धमाधम राजीनामा गर्न थालेका हुन् ।

सरकारले प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई आकर्षण गर्न दुई तह वृद्धि र दुई ग्रेड थप्ने गरेको छ । ऐनअनुसार समायोजन भएको एक वर्षसम्म राजीनामा दिन नपाउने व्यवस्था छ । तर, कर्मचारीले अनेकौँ बहाना बनाएर राजीनामा दिन थालेका छन् ।

अवकाशपछि पेन्सन वृद्धि गर्न मात्र प्रदेश र स्थानीय तहमा समायोजन भई एक वर्ष पनि सेवा नगरी कर्मचारीले राजीनामा दिने क्रम बढ्दो छ ।
निजामती किताबखानाका अनुसार शुक्रबारसम्म स्थानीय र प्रदेशमा समायोजन भएका ६ सय ८४ जनाले राजीनामा दिएका छन् ।

स्थानीयमा समायोजन भई राजीनामा दिने ४ सय २ जना र प्रदेशमा समायोजन भई राजीनामा दिनेको संख्या २ सय ८२ जना छन् । त्यस्तै दुवै तहमा गरी ५ सय ३७ जनाले अनिवार्य अवकाश लिएका छन् । सरकारले १४ चैत २०७५ मा कर्मचारीसमायोजन समापन भएको घोषणा गरेको थियो ।

राज्यलाई धोका भयो : विज्ञ 

कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवम् प्रशासनविद् डा. बालचन्द्र मिश्रले सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले राजीनामा गर्न नभई सेवा गर्न पठाएकाले एक वर्ष पनि नपुगी राजीनामा दिन राज्यका लागि ठगी भएको बताए ।(गोरखापत्र)

वि.सं.२०७६ फागुन २४ शनिवार १६:१० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...