back
NMB ad

सुरक्षा सतर्कताका बिच पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट

Kumari bank ad

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डका साथै झ्याल ढोकामा क्षति पुगेको छ ।  विष्फोटबाट छिमेकीको घर र रोकिराखेको भ्यानमा समेत क्षति भएको छ ।

आज बिहान ७ः४५ बजे भएको बम विष्फोटका कारण स्थानीयहरु त्रसित भएका छन् । बिस्फोटको समयमा बास्कोटा निवास बाहिर रहेका थिए । मनहराफाँटस्थित निर्माणाधीन उक्त घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले जनाएका छन् । प्रेसर कुकर बम राखेर रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको देखिएको प्रधानको भनाई छ । यसका साथै घटनास्थलमा पाइएको एक झोलामा प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्रीहरु समेत भेटिएको बताइएको छ ।

एसपी प्रधानका अनुसार, बास्कोटानिवासमा आक्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो । त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । तथापि, प्रहरीले कुनै पत्तो नपाउने गरी घरको कम्पाउण्डभित्रै प्रेसर कुकर बम बिस्फोट भएको थियो । कसरी विस्फोटको घटना भयो भन्नेबारे भने उनले केही नखुलाएतापनि विप्लब पक्षले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बुधबार सरकारले नेत्रविक्रम चन्द  ‘विप्लव’ समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको छ । विप्लव समूहलाई प्रतिवन्ध लगाएको वर्ष दिनमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा विप्लव समूहको टार्गेटमा पर्छन् भन्ने सूचना प्रहरीलाई रहेको बताइएको छ ।

त्यसैले बन्दै गरेको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको भएतापनि विस्फोटको घटना भएको हो ।

विष्फोटपछि सो क्षेत्रमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखेका छन् । साथै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि घटनास्थलको निरीक्षण गर्नुभएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार ११:३५ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...