काठमाडौं । एक्कासी बढेको सुनको भाउ आज भने निकै घटेको छ । आज सुनको मुल्य प्रतितोला ३००० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य घटेर ७८ हजार ५०० रुपैयाँमा झरेको छ । हिजो बिहिबार छापावाला सुनको भाउ प्रतितोला ८१ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यस्तै, तेजावी सुनको मूल्य पनि ७८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला ८१ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला ८ सय ८० रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार चाँदी ४० रुपैयाँले घटेको हो ।
यो साताको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ८२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८२ हजार २०० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार क्रमशः ७८ हजार ५०० र ७८ हजार २०० रुपैयाँमा खुम्चिन पुगेको हो ।
त्यस्तै चाँदी पनि कारोबारको पहिलो दिन आइतबार प्रतितोला ८९० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार ८२० रुपैयाँमा झरेको छ ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार १२:१२ मा प्रकाशित