back
NMB ad

बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने

Kumari bank ad

काठमाडौँ । उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ ।

काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको प्रतीक्षित आयोजनाको रूपमा रहेको बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्नका लागि सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा तयारी गरिरहेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाहिरी चक्रपथ निर्माणका लागि लगानी बोर्डको कार्यालय क्रियाशील रहेको बताउँदै सो चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल, आरएफपी) माग्नका लागि तयारी सुरु भइसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०७:०५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...