back
NMB ad

शेयर बजार निरन्तर ओरालो लागेपछि धितोपत्र बोर्डले निकाल्यो यस्तो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हतोत्साहित नभई लगानी गर्न आग्रह गरेको छ ।

पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्लाहरु फैल्याउने कार्य भइरहेको भन्दै सेबोनले हल्लाको पछि नलाग्न अनुरोध गरेको हो ।

हालसम्म कोरोना भाइरसको प्रकोप नेपालमा नदेखिएको र यसको रोकथाम तथा नियन्त्रण पूर्वसावधानीका विभिन्न कदमहरु सरकारले चालिरहेको जानकारी गराउँदै सेबोनले विज्ञप्तिमार्फत यसबाट आत्तिएर शेयर विक्री गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

सेबोनले धितोपत्रको प्राथमिक बजार र दोस्रो बजार विकास तथा विस्तारका लागि विभिन्न कार्यहरु अगाडी बढाइरहेको साथै सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक रहेकाले यस्तो सामान्य अवस्थामा हतोत्साहित नभई हल्लाको पछि लागेर शेयर नबेच्न पनि सेबोनले भनेको छ ।

१ हजार ६०० विन्दु पार गरेको नेप्से परिसूचक अनावश्यक हल्लाको पछि लगानीकर्ता लाग्दा बुधबार १ हजार २५५ विन्दुमा आइसकेको छ । केहि समयअघि मात्र एकै दिन करीब रू.५ अर्बसम्म कारोबार भएको थियो ।

यस्तो छ विज्ञप्ति  :

वि.सं.२०७६ चैत ५ बुधवार १६:५५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...