back
NMB ad

उपत्यकाका सबै अस्पतालमा ३०२ आइसियू बेड

Kumari bank ad

काठमाडौं । कोरोना भारइस संक्रमितको उपचारका लागि सरकारले उपत्यकाका पाँच अस्पतालमा एक सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको छ । तर, प्रक्रिया पु¥याएर मापदण्डअनुसारका बेड सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना लाग्ने जानकारहरू बताउँछन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको ३ चैतमा बसेको बैठकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४०, वीर, पाटन, सशस्त्र र सेनाको अस्पतालमा तत्काल २०–२० आइसियू बेड थप्ने निर्णय गरेको थियो । त्यसको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले २० आइसियू बेड थप्न पाँच अस्पताललाई १२ करोड ५० लाखका दरले रकम उपलब्ध गराइसकेको छ ।

तर, सरकारले भनेजसरी तत्काल आइसियू बेड जडान गर्न भने सम्भव छैन । त्यसका लागि कम्तीमा पनि तीन महिना लाग्छ । नेपालमा आइसियूका सामग्री स्विट्जरल्यान्ड र भारतबाट आयात हुन्छ । आइसियूका उपकरण सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट अफिसर प्रवीण कुँवरका अनुसार अर्डर गरेपछि मात्रै कम्पनीले उपकरण तयार गर्छ । त्यसमा २१ देखि २५ दिनसम्म लाग्छ ।

भेन्टिलेटर, पोर्टेबल भेन्टिलेटर, पोर्टेबल एक्सरे, एयर मेट्रियल, कन्ट्रोल मनिटर सिस्टम, आइभी स्टेन्टजस्ता महŒवपूर्ण ५१ उपकरण एउटै कम्पनीमा पाइँदैनन् । छुट्टाछुट्टै कम्पनीमा अर्डर गर्नुपर्ने हुन्छ । यी उपकरण पनि अर्डर दिएको २० दिनसम्म तयार हुन्छन् । भन्सार प्रक्रिया पूरा गरेर सबै सामग्री नेपाल ल्याउन कम्तीमा पनि डेढ महिना बाटोको म्याद लाग्ने कुँवरले बताए । सबै उपकरण जोडेर आइसियू सञ्चालनमा ल्याउन दश दिनजति लाग्छ । डब्लुएचओको मापदण्डअनुसार आइसियू निर्माण गर्दा बाहिरको हावा भित्र र भित्रको हावा बाहिर पास हुनुहुँदैन । कीटाणुको संक्रमणबाट बच्न त्यहीअनुसारको झ्याल, ढोका, पर्दा आवश्यक पर्छ ।

तर, उपकरण ल्याउने देशमै कोरोनाको संक्रमण देखिएकाले कम्पनीहरूले समयमा दिने सम्भावना कम रहेको कुँवरले बताए । ‘हामीले भेन्टिलेटर मगाउने कम्पनीसँग इटालीले पाँच हजार, स्विट्जरल्यान्ड आफैँले हजार र अमेरिकाले दुई हजार भेन्टिलेटर माग गरेका छन् । आइसियूका लागि आवश्यक उपकरण उत्पादन गर्ने देशमै सामग्री आवश्यक छ । त्यसैले समयमा आउँछन् भनेर भन्न गाह्रो छ,’ उनले भने, ‘त्यसैले सरकारले भनेजसरी अस्पतालहरूले तत्काल आइसियू थप्न सजिलो छैन ।’

टेकु अस्पतालमा भने २० आइसियू बेड तत्काल थपिँदै छन् । करिब एक–डेढ महिनाअघि नै सप्लायर्ससँग भनेर २० बेडका उपकरण रोकिराखेकाले बाहिरबाट मगाउनु नपर्ने अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले बताए । दश दिनसम्ममा जडान गरिसक्ने उनले बताए । ‘सप्लायर्सलाई भनेर पहिलादेखि नै बेड रोकेर राखेका थियौँ, ती बेड व्यवस्थापन गर्ने काम आज (बिहीबार)देखि थालेका छौँ,’ खतिवडाले भने, ‘सप्लायर्सले दश दिनभित्र जडान गरिदिन्छु भनेको छ ।’ अन्य २० बेड कहिले जडान हुने भन्नेचाहिँ टुंगो छैन ।

नेपालमा १० माघमा पहिलोपटक जनकपुरका युवामा कोरोना भाइरस देखिएको थियो । उपचारपछि ती युवा घर फर्किसकेका छन् । कोरोना देखिएको दुई महिना बित्दा पनि सरकारले सम्भावित संक्रमितको उपचारका लागि उपयुक्त व्यवस्थापन गर्न सकेको छैन । जसले गर्दा संक्रमण देखिएमा भयावह स्थिति बन्ने खतरा छ ।

उपत्यकाका सबै अस्पतालमा ३०२ आइसियू बेड

उपत्यकाका सरकारी र निजी अस्पतालहरूमा हाल करिब तीन सय दुई आइसियू बेड सञ्चालनमा छन् । ती सबै बिरामीले भरिएका छन् । उपत्यकाबाहिरका अस्पतालमा एक सय २५ आइसियू बेड सञ्चालन रहेको स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

सरकारले तोकेका उपत्यकाका पाँचमध्ये तीन अस्पतालले कोरोना संक्रमणको आशंका गरिएका बिरामीको उपचार गर्नसमेत आनाकानी गरेका छन् । संक्रमितको उपचारका लागि सरकारले तीन सय ५० भेन्टिलेटरसहितका आइसियू बेड आवश्यक पर्ने अनुमान गरेको छ ।

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले काठमाडौंबाहिर पनि एक सय १५ आइसियू बेड थप्न निर्देशन दिएको छ । प्रदेश सरकारहरूले त्यसको व्यवस्थापन गर्नेछन् ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार आइसोलेसन बेडबाहेक अन्यत्र संक्रमित बिरामीलाई भर्ना गर्न सक्ने अवस्था छैन । नयाँ आइसियू बेड थप्न समय लाग्छ । ‘सरकारले २० आइसियू बेड थप्न रकम दिएको छ, तर त्यति रकमले मात्रै बेड ल्याउन सकिँदैन,’ उनले भने ।

काठमाडौंका सप्लायर्ससँग आइसियू बेड मौज्दात छैनन् । नयाँ किन्न छोटो विधि अपनाउँदा पनि सात दिनको टेन्डर आह्वान गर्नैपर्छ । ‘आवश्यक प्रक्रिया पूरा गर्नैपर्छ, हचुवाका भरमा महत्वपूर्ण उपकरण खरिद गर्न मिल्दैन,’ निर्देशक शर्माले भने, ‘अहिले आपत्काल भनेर खरिद गर्न लगाउने पछि महालेखा र अख्तियारले समाउने काम हामीले गर्न सक्दैनौँ । त्यसैले खरिद प्रक्रियाको मापदण्डमा रहेर अघि बढ्छौँ ।’ पाटन अस्पतालमा अहिले सातवटा आइसियू बेड छन् । तर, प्रायः सबै अरू बिरामीले सधैँ भरिएका हुन्छन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले छोटो प्रक्रियाबाट टेन्डर गरेर २० नयाँ आइसियू बेड खरिद गर्ने तयारी भएको बताए । ‘एक हप्ताभित्रै हामी टेन्डर आह्वान गरिसक्छौँ,’ उनले भने । थपिने आइसियू बेड पुरानो भवनको मेडिकल वार्डमा राखिनेछन् । (नयाँ पत्रिका दैनिकबाट)

वि.सं.२०७६ चैत ७ शुक्रवार ०७:१२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...