back
NMB ad

१५ सूचिकृत कम्पनीको साधारणसभा अनिश्चितकालका लागि स्थगित

Kumari bank ad

काठामाडौं । नेपाल सरकारले एक महिनासम्म २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेसँगै दोस्रो बजारमा सूचिकृत १५ वटा कम्पनीको साधारणसभा प्रभावित हुने भएको छ ।

सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गरी चैत १४ गते हुने भनिएको साधारणसभा रोकेको हो । त्यस्तै अपि पावर कम्पनीले आजका लागि तय भएको साधारणसभा पनि अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सूचिकृत कम्पनीमध्ये १५ वटा कम्पनीले साधारणसभा डाकेका थिए । केही कम्पनीले साधारणसभा रोकिएको सूचना जारी गरे पनि अधिकांश कम्पनी साधारणसभा रोक्ने तरखरमा छन् ।

तीन विकास बैंक, ६ वटा लघुवित्त वित्तीय संस्था, तीनवटा बिमा कम्पनी, दुईवटा हाइड्रोपावर कम्पनी र एउटा वाणिज्य बैंकको साधारणसभा प्रभावित भएको हो ।

मितेरीले शनिबार साधारणसभा डाकेको छ । त्यस्तै सहयोग विकास बैंक चैत १० गते, एक्सेल डेभलपमेन्ट चैत २० गते, मिर्मिरे लघुवित्त चैत १७ गते, जनउत्थान चैत १९ गते, वमी लघुवित्त चैत १६ गते, एनएमबी लघुवित्त वैशाख १६ गते, महिला सहयात्री लघुवित्त चैत २२ गते, स्वेडा लघुवित्त चैत ३० गते, नेपाल इन्स्योरेन्स कम्पनी चैत २१ गते, सिद्धार्थ इनस्योरेन्स कम्पनी चैत २८ गते, जनरल इन्स्योरेन्स कम्पनीले चैत १४ गते साधारण सभा डाकेका थिए ।

साधारणसभा सञ्चालन हुन कम्तिमा पनि ५१ प्रतिशत सेयरधनी उपस्थित हुनुपर्छ। सूचीकृत कम्पनीहरुमध्ये कसैको २५ भन्दा कम सेयरधनीले साधारणसभाले सम्भव हुँदैन । सरकारले नै हाइ अलर्ट गराएको बेलामा साधारणसभा हुन नसक्ने अवस्था आएको हो ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १९:४६ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...