back
NMB ad

नेपाली युवालाई टर्कीमा ‘वर्ष चिकित्सक’ सम्मान

Kumari bank ad

काठमाडौँ । नेपाल सरकारको छात्रवृत्ति पाएर टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका  एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुऱ्याएवापत ‘बर्ष चिकित्सक’का रुपमा सम्मानित गरेको छ ।

 सन् २००० मा टर्की गएका सिरहा गोलबजारका विनोदकुमार शाह पढाई पस्चात अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा एमबीबीएस र एमडी गरेपछि साह अध्ययनअनुसारको चिकित्सा सेवामा थिए । टर्कीको स्वास्थ्य मन्त्रालयले हरेक बर्ष गर्ने चिकित्सकीय सर्वेक्षणमा वालरोग तथा नवजात शिशु उपचार क्षेत्रमा शाहलाई बर्ष २०१५ को उत्कृष्ट चिकित्सकको सम्मान दिएको हो । टर्कीका राष्ट्रपति एवं प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मानलाई सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट पहिचान मान्ने गरिएको छ ।

३८ वर्षीय साहले आफ्नो निमाबि तहको पढाइ गोलबजार गाउँकै जनता माध्यमिक विद्यालयबाट पुरा गरेका थिए भने त्यसपछि विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएसलसी गरेका थिए । उनले अमृत साइन्स क्याम्पसबाट आइएसी पढाइ पुरा गरेर एमबीबीएस पढाइमा सरकारी छात्रवृत्तिमा स्पर्धा गरेका थिए ।

३ बैशाख २०७३ / ११:२९

वि.सं.२०७३ वैशाख ३ शुक्रवार ११:३२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...