back
NMB ad

साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै : कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक निर्णय लिने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलउनु भएको छ । प्रधानमन्त्रीको ओलीको मिर्गौला प्रत्यारोपणपश्चात् पहिलोपटक क्याबिनेट बस्न लागेको हो ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि फागुन १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । साँझ ४ बजे बोलाइएको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक निर्णय लिने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले सम्पादन गर्नुपर्ने नियमित कामहरू पनि छन् । साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको कामहरूबारे पनि प्रधानमन्त्रीले जानकारी लिने बताइएको छ ।

पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबारै मात्रै ६ वटा कार्यदल गठन गरेर सङ्क्रमण फैलन नदिने, आपूर्ति व्यवस्था सहज तुल्याउन अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

कोरोनाको त्रासदी बढिरहेका बेला प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि उच्च सतर्कता अपनाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले बैठक हलमा सङ्क्रमण नहोस् भनेर सावधानी अपनाइएको पनि जानकारी दिनुभयो ।

वि.सं.२०७६ चैत ९ आइतवार १३:३३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...