back
NMB ad

पोखरामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द

Kumari bank ad

पोखरा । कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन गण्डकी प्रदेशको राजधानी रहेको पोखरामा आज अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द भएका छन् ।

सरकारले देशैभरि सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि १३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सार्वजनिक सेवा बन्द भए पनि कार्यालय भने खुल्ला रहेको कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा अनुगमनको पाटोलाई प्रभावकारी बनाइने बताउँदै उहाँले कार्ययोजनाका साथ बजार एवं सार्वजनिक सरोकारका क्षेत्रमा अनुगमन गरिने जानकारी दिनुभयो ।

उद्योग व्यवसाय बन्द गर्न उद्योग वाणिज्य सङ्घको आग्रह

पोखरा उद्योग वाणिज्य सङ्घले कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन अत्यावश्यक बाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी/व्यवसायीसँग आग्रह गरेको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा भएको सम्बोधन कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपिलको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्रीको सम्बोधनमा चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान भएको थियो । सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ । सङ्घको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध/तरकारी/खाद्यान्नलगायत अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी/व्यवसायीलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग सञ्चालन गर्दा पनि यही प्रक्रिया अपनाउन सङ्घको आग्रह रहेको छ ।

सङ्घका महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा अत्यावश्यकबाहेकका सबै उद्योग/व्यवसाय बन्द गर्ने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, भीडमा नजाने र ‘सेल्फ क्वारेन्टाइन’को विधिको पूर्ण पालना गर्न भनिएको छ । “औषधि, पानी, इन्धन, दूध/तरकारी/खाद्यान्नलगायत सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “पोखरा उद्योग वाणिज्य सङ्घ, सङ्कटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी/व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपिल गर्दछ ।”

यसैगरी सङ्घले यो घडीमा तोकिएकोभन्दा बढी मूल्यमा सामान नलिन र आवश्यकताभन्दा बढी सामान भण्डारण नगर्न उपभोक्तासँग पनि आग्रह गरेको छ । सङ्घले यसअघि पनि विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी मूल्य नलिन र बिक्रीवितरण तथा ढुवानी कार्यलाई पारदर्शी बनाउन माग गरेको थियो ।

सङ्घले पोखराको टे«ड मलले त्यहाँ भाडामा रहेका व्यवसायीलाई चैत महिनाको घर भाडामा ५० प्रतिशत र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा छुट दिएकामा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सरिक हुन अन्य घरधनीलाई पनि आग्रह गरेको छ ।

त्यसैगरी विज्ञप्तिमा व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागिरहँदा पनि उद्योगी/व्यवसायीलाई सुख नभएको र बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकामा झुण्डिएको कुरासमेत उल्लेख गरिएको छ । “सङ्कटको यो घडीमा सक्दो विवेक प्रयोग गर्न सङ्घ सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपिल पनि गर्दछ ।” सङ्घले कर्जाको ब्याज मिनाहा र किस्ता बुझाउने समयसीमा बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । सीमा नाकामा भएको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सुनिश्चितता प्रत्याभूत गर्न पनि सङ्घले सरकारसँग माग गरेको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १९:३९ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...