back
NMB ad

लक डाउनको अवधिभर के गर्ने के नगर्ने ? हेर्नुहोस सरकारको ८ बुँदे आदेश

Kumari bank ad

काठमाडौं । सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म कुनै पनि व्यक्ति घरबाहिर निस्कन नमिल्ने आदेश दिएको छ ।

निर्णयहरु :

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

हेर्नुहोस्, सरकारको आदेश :

वि.सं.२०७६ चैत १० सोमवार २०:०८ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...