back
NMB ad

अब भ्वाइस कल र डाटाको शुल्क आधा सस्तो

Kumari bank ad

काठमाडौं । मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क अब आधा सस्तो पर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरेसँगै मोबाइलबाट प्राप्त हुने जुनसुकै सेवा आधा सस्तो पर्ने भएको हो ।

त्यस्तै, मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म क्रेडिट सेवा उपलब्ध गराउनुपर्ने निर्णय पनि आजको बैठकले गरेको छ । साथै सो क्रेडिट सेवाबापत कुनै पनि शुल्क लिन पाइने छैन ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सञ्चालक समितिको निर्णयअनुसार सबै टेलिकम कम्पनीलाई बोनस दिन र क्रेडिट सेवा उपलब्ध गराउन निर्देशन दिइसकेको भन्दै टेलिकम कम्पनीहरुले भोलिदेखि नै उक्त निर्देशन लागू गर्नुपर्ने बताए । यो निर्णय एक महिनाका लागि लागू हुने समेत प्रवक्ता अर्यालले बताए ।

वि.सं.२०७६ चैत ११ मंगलवार १९:२१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...