back
NMB ad

काठमाडौं महानगरले आज पनि किटनाशक औषधि छर्किने

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजोबाट सुरू गरेको किटनाशक औषधि छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ ।

तीन वटा क्षेत्रलाई आधार मानेर सुरू गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

उनले सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिइरहेको बताए । ‘सीमित स्रोत–साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौं,’ प्रमुख शाक्यले भने, ‘कामका सिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्नेछौं। यो विश्वव्यापी रूपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’

उनले बाटो सफा गर्ने, किटनाशक औषधि छर्किनेलगायतका कामलाई ३२ वटै वडा र अत्यावश्यकसम्म र्पुयाउने पनि जानकारी दिए ।
नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले पनि हिजोदेखि तीन वटा क्षेत्रलाई आधार मानेर सुरू गरेको उक्त कार्यलाई आज पनि निरन्तरता दिएको बताए ।

उनले भने,‘आज बिहान ४ हजार लिटर क्षमताको जेट मेसिनले मखनबाट सुरू गरेर बसन्तपुर हुँदै लगन र्पुयाएको छ। अर्को जेट मिसिन बानेश्वर हुँदै विमानस्थलसम्म पुगेको छ भने तेस्रोले महाराजगञ्ज लगायतका स्थानमा काम गरेको छ ।’

उनले थप भने, ‘अब साना सात वटा ट्यांकरसहित महानगर क्षेत्रभित्रका भीडभाड हुने स्थानमा जान्छौं ।  आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा काम गर्नेछन्।’ उनका अनुसार तीन वटा ब्रुमरले बाटो सफा गर्ने कामलाई पनि निरन्तरता दिएका छन् ।

वि.सं.२०७६ चैत १३ बिहीवार १२:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...