back
NMB ad

कोरोना महामारीसँगै कन्डमको पनि अभाव सुरु

Kumari bank ad

क्वालालाम्पुर । कोरोना भाइरसको महामारीसँगै गर्भ्निरोधक साधन कन्डमको अभाव खड्किन थालेको छ ।विश्वकै ठूलो कन्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन रोकेको जनाएको छ ।

मलेसियाको करेक्स बिएचडीले उत्पादन नै रोकेको हो । विश्वभर पाइने हरेक पाँच कन्डममध्ये एउटा कन्डम मलेसियन कम्पनी करेक्सको हुन्छ ।हाल उक्त कम्पनीले मलेसियामा रहेका आफ्ना तीनवटै फ्याक्ट्रीबाट उत्पादन रोकेको हो । एक साताअघि यहाँको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछि उक्त कम्पनी पनि बन्द भएको हो ।

जब कि, मार्केटमा पहिलेदेखि नै एक करोड जति कन्डमको अभाव भएको बताइन्छ । उक्त कम्पनीलाई शुक्रबार कन्डम पुन उत्पादन गर्न सरकारले अनुमति दिएको थियो । तर ५० प्रतिशत कामदारसहित संकटमा रहेका उद्योगका लागि विशेष छुट गर्नुपर्ने शर्तमा ।

‘यसका लागि समय लाग्छ । र हामी आधा क्षमतामा माग पूरा गर्न प्रयास गर्नेछौँ,’ कम्पनीका प्रमुख गोह मिआ किटले भनेका छन् । साथै विश्वव्यापी रुपमा जताततै डरलाग्दो तरिकाले कन्डम अभाव हुने उनले बताएका छन् ।

‘मेरो चासो अफ्रिकामा हुने मानवीय कार्यक्रमका लागि हो । अभाव दुई हप्ता वा महिनाका लागि हुँदैन, अभाव महिनौँसम्म हुनेछ,’ किटले भने । दक्षिणपूर्वी मुलुकमा कोरोनाबाट अति प्रभावित भएको मलेसिया पनि हो । जहाँ २ हजार १ सय ६१ संक्रमित छन् । साथै २६ जनाको मृत्यु भइसकेको छ ।

अप्रिल १४ सम्मका लागि मलेसियन सरकारले लकडाउन घोषणा गरेको छ । यसवाहेक धेरै कन्डम उत्पादन गर्ने देश चीन पनि हो । जहाँ कोरोना भाइरसको महामारी अझै मत्थर भइसकेको छैन । यस्तै भारत र थाइल्याण्डमा पछिल्लो समय संक्रमण फैलिँदै गरेको छ ।

गोह भन्छन, ‘राम्रो कुरा त के भने, कन्डमको माग अझै कडा रुपमा छ । किनकि, मन परे पनि नपरे पनि यसको प्रयोग अत्यावस्यक हो । मान्छेहरु यस्तो अवस्थामा सम्भवतः बच्चा जन्माउन चाहँदैनन् । यस्तो अनिश्चितता बचि, ठीक समय हैन ।’

वि.सं.२०७६ चैत १५ शनिवार २०:२० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...