back
NMB ad

वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान नहुने

Kumari bank ad

काठमाडौं । अन्तराष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म नहुने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण बिडारीले जानकारी दिए ।

यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तराष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको हो।

बैठकमा समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री पोखरेल, विभागीय मन्त्री, सचिव, सुरक्षा निकायका उच्च अधिकारी र सरोकारवालाको उपस्थिति थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफलसमेत भएको छ ।

यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तराष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाउनुभएको थियो ।

ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गर्नुभएको थियो । सरकारले चैत ११ गते भने ’लकडाउन’को निर्णय गरेको थियो ।

वि.सं.२०७६ चैत १६ आइतवार १६:०८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...