back
NMB ad

दैनिक मजदूरी गर्नेलाई एनआईसी एशिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरिरहेका बेला एनआईसी एसिया बैंकले दैनिक ज्याला मजदूरी गर्नेहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

बैंकले काठमाण्डौमा ज्याला मजदूरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको हो ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही राहत मिल्ने विश्वास लिएको छ ।

यसैगरी बैंकले लकडाउनमा सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सै घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ जनाएको छ ।

‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, बीमा तथा टेलिफोन शुल्कजस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

वि.सं.२०७६ चैत १७ सोमवार १५:०२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...