back
NMB ad

सहारा साकोसद्वारा कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोग

Kumari bank ad

बागलुङ ।  नेपालका सहकारीहरु मध्ये सबै भन्दा बढी शेयर सदस्य भएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको छ ।

१ लाख ४७ हजार जना शेयर सदस्य रहेको संस्थाले २५ औं स्थापना दिवसको अवसर पारेर शुक्रवारे राहत प्याकेज घोषणा गरेको हो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला बिपद् ब्यवस्थापन समन्वय समितिहरु सँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाईनमा बसेका तथा बिपन्न परिवारहरुको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पि.पि.ई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोष सहित ५० लाखको राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण मुलुकमा विद्यमान कठिन परिस्थितिमा सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारीहरु र समुदायको हितको लागि सहयोग गर्नु पर्ने दायित्व सम्झेर राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव गिरीले बताउनुभयो ।

सस्थाले घोषणा गरेको राहत प्याकेज अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारकोषमा ५ लाख, प्रदेश नं. १ सरकारसंगको सहकार्यमा आइसोलेसन अस्पतालमा खाद्यान्न ४ लाख, झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्नका लागि ११ लाख गर्ने संस्थाले जनाएको छ ।

यस्तै स्वास्थ्यकर्मी र प्रहरीलाई ४ लाख रुपैयाको पिपिई, भुटानी शरणार्थी शिविरका १ हजार परिवारलाई ६ लाखको खाद्यान्न र विपन्न परिवारका लागि खाद्यान्न तथा विपद कोषमा २० लाख रुपैया प्रदान गरिने कार्यकारी प्रमुख गिरीले जानकारी दिनुभयो ।

संस्थाका अति बिपन्न तथा लघुबित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा खर खाँचो टार्न ५ हजार रुपैयासम्म बिना ब्याजको सापटी रकम उपलब्ध गराउनका लागि संस्थाले ५ करोडको ब्यवस्था गरेको छ । ऋणि सदस्यहरुले चैत्र मसान्त भित्र बुझाउनु पर्ने किस्ता तथा ब्याज २०७७ बैशाख भित्र बुझाउन तथा हर्जना छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा १ लाख ४७ हजार जना शेयर सदस्य रहेका छन् । विगत २५ वर्षदेखि सदस्य र समुदायको हितमा काम गर्दै आएको सहारा नेपाल साकोसले १ अर्ब ३५ करोड शेयर रकम, ७ अर्ब वचत, ७ अर्ब ५० करोड ऋण लगानी सहित १० अर्बको कुल कारोबार गर्न सफल भएको छ । ६ जिल्लाका ६५ स्थानमा सेवा केन्द्र मार्फत संस्थाले ५ सय जनालाई रोजगारी प्रदान गरेको छ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार २०:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...