back
NMB ad

दुई महिनाको भत्ता एकैपटक वितरण गरिने

Kumari bank ad

काठमाडौं । दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । शुक्रबार भएको कार्यपालिकाको बैठकले चैत र वैशाखको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै कार्यपालिकाले दुई महिनाको भत्ता समयसीमाभन्दा अगाडि नै उपलब्ध गराउन लागेको प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो ।

“नियमअनुसार असारमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने हो, तर अहिलेको विद्यमान समस्याका कारण नगरपालिकाले समस्यामा परेकालाई राहत मिल्ने गरी यस्तो निर्णय गरेको हो”, उहाँले भन्नुभयो । यसो गर्दा पछि दुई महिनाको मात्र सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने उहाँको भनाइ छ ।

अग्रिमरूपमा भत्ता उपलब्ध गराउँदा विपन्न वर्गमा नगरपालिकाले तत्काल राहत दिनेको सङ्ख्यामा समेत कमी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अबको केही दिनभित्र नगरपालिकाबाट सामाजिक सुरक्षाभत्ता लिँदै आएका पाँच हजार ७१५ लाई वितरण गरिनेछ । दुई महिनाको सामाजिक सुरक्षाभत्ता रु दुई करोड ५० लाख वितरण हुने उहाँको भनाइ छ ।

यस्तै, कार्यपालिकाले विपन्न वर्गको तथ्याङ्क सङ्कलन गर्ने, स्वास्थ्य तथा सुरक्षाकर्मीलाई निर्देशिकाअनुसार सेवासुविधा दिने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, कोभिड–१९ बाट बच्ने उपायका बारेमा तीव्ररूपमा प्रचारप्रसार गर्नेसमेत निणर्य भएको प्रमुख राउतले दिनुभयो ।

वि.सं.२०७६ चैत २२ शनिवार ०८:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...