back
NMB ad

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोलेर पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५ सय फिर्ता

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।

एन आई सी एशिया बैंकको आधिकारीक वेबसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्र सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्ने छन् ।खाता खोलि सकेपछि पाएको खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने छन् ।

अनलाइन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ । जसले गर्दा ग्राहकहरुलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ ।

अनलाइन खाताकै आधारमा घरबाटै मोबाइल बैंकिङ सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ एक्टिभेट गरी मोबाइल बैंकिङ मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले ५०० रुपैयाँसम्म रकम फिर्ता पाउने छन् ।

यसबाहेक देशभरका २५ सय भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध रहेको छ ।

यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजार रुपैयाँसम्मको रकम फिर्ता पाउन सक्ने छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायत विद्युतीय बैंकिङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।

उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्युआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिने छ ।यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७६ चैत २२ शनिवार १६:५४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...