back
NMB ad

बुधवार बाँडफाड गर्न लागेको नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा कतिले दिए आवदेन ?

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आईपीओको बाँडफाँट बुधवारनै गर्ने भएको छ । यसअघि शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको कम्पनीले मंगलवार भएको छलफल पछि बुधवार नै बाँडफाँट गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायामाझीले जानकारी दिएका छन् ।

आईपीओको बाँडफाँट कम्पनीको विक्री प्रबन्धक आरबीबी मर्चेण्ट एण्ड बैंकिङको कार्यालयमा बिहान ७.३० बजे हुनेछ । उक्त आईपीओमा सर्वसाधारणको रू. ४ अर्बभन्दा बढी रकम रोक्का भएको छ ।

सर्वसाधारणले उक्त आईपीओमा रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन् । जुन मागभन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रकम बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङले दिएको जानकारी अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।

विक्री बन्द भएको एक साताभित्र अर्थात् चैत १४ गते बाँडफाँट गर्ने कम्पनीको योजना रहेपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै बाँडफाँट प्रक्रिया रोकिएको थियो ।

सरकारी स्वामित्वको उक्त कम्पनीको नेटवर्थको आधारमा दोस्रो बजारमा राम्रो मूल्य पाउने र यसै वर्षदेखि लाभांश दिने विश्वासमा लगानीकर्ताहरु रहेको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७७/८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी र्पुयाउने प्रक्षेपण गरेको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १४:३७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...