back
NMB ad

एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई सहयोग गर्ने

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट रु एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।

उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने सङ्घले जनाएको छ ।सङ्घले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ ।

बैठकले सङ्घ क्रियाशील सबै क्षेत्रमा कोभिड–१९का विरुद्ध लड्न समिति बनाएर, नेपालीलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) लाई निर्देशन दिएको छ ।

यसैगरी नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण सङ्घ, संस्था र प्रतिष्ठित र सम्बन्धित व्यक्तिको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने निर्णयसमेत गरेको छ ।

सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ । यसका लागि पहल गर्न सङ्घका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको सङ्घका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिए ।

एनसिसी साइप्रसको नेपालीलाई राहत ‘प्याकेज’

यसैबीच, गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साइप्रसले कोरोना भाइरसका कारण अप्ठयारोमा परेका त्यहाँ निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ ।

विभिन्न पेशा व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली नियोगको रहोबरमा राहत वितरण गर्न लागिएको उनले जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा निराकरणको लागि साइप्रसले आगामी अप्रिल १३ सम्मको लागि लकडाउन घोषणा गरेको छ । लकडाउनको अवस्थामा नेपाली कामदार र विद्यार्थीलाइ खाद्यान्नलगायतमा समस्या परेको सङ्घले जनाएको छ ।

एनआरएनए साइप्रसलगायत त्यहाँ रहेका स्थानीय संस्थाले अतिजोखिममा परेका विद्यार्थी तथा आयश्रो नभएका नेपालीलाई लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको छ ।

राहत प्याकेज अप्रिल ८ तारिख बाटै वितरण गरिने छ । राहत प्याकेजमा चामल, दाल, चाउमिन, आलु, प्याज, तेल, सोयाविनलगायत छन् ।
अति जोखिममा परेका विद्यार्थीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक म्यासेन्जरमा आफ्नो सबै विवरण पेश गर्नु पर्नेछ । -रासस

वि.सं.२०७६ चैत २५ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...