काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेको कदम प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णय र अहिलेसम्म चालेका कदम प्रभावकारी ढंंगले कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार तथा राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिको बारेमा विस्तृृृत रूपमा जानकारी गराउनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले कोरोना संक्रमण समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामको विस्तृत जानकारी गराउनुभएको थियोे ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा सचिवालयका सबै सदस्यले कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको बताउँँदै त्यसलाई अझै प्रभाकारी रूपमा अघि बढाउन आवश्यक सुझाव दिनुभएको छ ।
उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि जोड दिनुभयो, श्रेष्ठले बैठकपछि भन्नुभयो ।
वि.सं.२०७६ चैत २६ बुधवार ०८:२६ मा प्रकाशित