back
NMB ad

विद्युत प्राधिकरणले कर्मचारीलाई तलबको ५० प्रतिशतसम्म थप सुविधा दिने !

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लकडाउन अवधिभर फिल्डमा खटिने कर्मचारीका लागि खाइपाइ आएको तलव सुविधामा अतिरिक्त सुविधा दिने घोषणा गरेको छ ।

प्राधिकरणले नो लाइट, मिटर सिकायत र मर्मत सम्भारको कार्यका लागि फिल्डमा खटिने कर्मचारीलाई सुरु तलबको ५० प्रतिशत र प्रशारण निर्देशनालय अन्तर्गत ग्रीडमा कार्यरत फिल्डमा खटिने मर्मत सम्भार टिमका कर्मचारीलाई ३० प्रतिशत थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार चैत १० देखि लकडाउन अवधिभर सुरु तलबमा उक्त अतिरिक्त सुविधा दिने निर्णय भएको हो । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले फिल्डमा खटिने कर्मचारीहरु कार्यालय बाहिर गएर काम गर्दा कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहने भन्दै मास्क, पञ्जा, सेनिटाइजर जस्ता सुरक्षा सामग्री समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...