back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा पुनः किरण कुमार श्रेष्ठ

Kumari bank ad

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठले निरन्तरता पाएका छन्।

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। अब उनले २०८० चैत अन्त्यसम्म पुनः कार्यकारी अधिकृतको रुपमा बैंकलाई सम्हाल्नेछन्।

प्रमुख कार्यकारी अधिकृत पदमा पुनस् नियुक्त भएपछि सेतोपाटीसँगको कुराकानीमा उनले बैंकमा गर्नुपर्ने केही महत्वपूर्ण जिम्मेवारी बाँकी रहेकाले आगामी दिनमा ती जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए।

’थप जिम्मेवारी पुरा गर्न संचालक समितिले मलाई जिम्मा दिएको छ, अबको ४ वर्षे कार्यकालमा ति जिम्मेवारीहरु पुरा गर्नेछु’ उनले भने।

बैंकलाई अटोमेसन सिस्टममा ढाल्नुपर्ने र दरबन्दीभन्दा १ हजार ६० कर्मचारी कम रहेकाले नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले औल्याए।

हाल राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबैलाई उछिनेको छ। यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन सबैभन्दा उच्च हो।

यो एक नम्वर पोजिसनलााई कायम राख्ने श्रेष्ठले प्रतिबद्धता जनाए। यद्यपी कोरोनाको असरले यतिबेला चुनौति भने थपिएको उनले बताए।

यसअघि श्रेष्ठले ४ वर्षको कार्यकाल सम्हाल्ने बेला १६० शाखा रहेको राष्ट्रिय वाणिज्य बैंकको अहिले २३९ पुगेको छ। उनले बैंक सम्हाल्दा कर्जा ८४ अर्ब रहेकोमा अहिले १६० अर्ब नाघेको छ।

वि.सं.२०७६ चैत २७ बिहीवार १८:४६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...