back
NMB ad

एनएमबी बैंकले दियो बागमती प्रदेश सरकारलाई १०० थान पीपीइ

Kumari bank ad

काठमाडौं । एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी पीपीई सेट सङ्गै एन ९५ मास्क १०० थान र १०० एम एल बोतलका १०० थान सेनेटाईजर पनि हस्तान्तरण गरिएको हो । सातवटै प्रदेशलाई १००/१००थान पीपीई र कोरोना भाईरस नियन्त्रणको केन्द्रिय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिनुभयो । कोरोनाबाट सुरक्षीत भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरु शुक्रबार नै स्वास्थ्य तथा आपूर्ति ब्यबस्था कार्यालयमा पठाइएको जानकारी दिनुभयो । कार्यलयमार्फत एकद्वार प्रणालीअनुसार नै सो पीपीई आ्वश्यकता अनुसार अस्पतालहरुमा पठाईने बताउनुभयो । अप्ठ्यारो समयमा सहयोग गरिएको प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।

शुक्रबार नै प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी र कृष्ण प्रणामी सेवा समिति मकवानपुरले सहयोग गरेका छ्न ।

एसियन लाईफ इन्स्योरेन्स कम्पनीका हेटौंडा शाखा प्रमुख सन्जय रेग्मीले ५ लाख र कृष्ण प्रणामी सेवा समितिका अध्यक्ष अर्जुन प्रसाद वाग्ले र उपाध्यक्ष श्रीराम खतिवडाले १ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

वि.सं.२०७६ चैत २९ शनिवार ०८:५५ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...