back
NMB ad

सुखद खबर : शंकास्पद देखिएकी बागलुङकी वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ

Kumari bank ad

काठमाडौं ।  द्रूत परीक्षणको क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।
आइतबार काठेखोलाकी एक वृद्धाको कोरोना संक्रमण परीक्षण गर्दा शंकास्पद देखिएको थियो।

यद्यपि द्रूत परीक्षणले मात्रै पुष्टि गर्न नमिल्ने भएपछि ‘स्वाब’ पोखरा पठाइएको थियो। पोखराको पिसिआर मेसिनले उनको शंका निवारण गरिदिएको हो । पटकपटक गरिएको परीक्षणले शंकास्पद भनिएको वृद्धाको रिपोर्ट ‘नेगेटिभ’ देखाएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘हामीले भनेजस्तै भयो। हिजो शंकास्पद देखिएको हो। तर, कन्फर्म भने पिसिआर मेसिनले मात्रै गर्छ,’ उनले भने, ‘खुसीको कुरा नतिजा ‘नेगेटिभ’ आयो।’

केही समयअघि भारत तीर्थयात्रा गएर फर्किएका कारण उनी र उनको परिवारको स्वाब जाँच गरिएको थियो। अन्य सबैको ‘नेगेटिभ’ देखिएपनि उनको शंकास्पद भएपछि थप परीक्षण गरिएको हो।

वि.सं.२०७७ वैशाख १ सोमवार १७:२० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...