back
NMB ad

काठमाडौंमा थप दुईजनामा कोरोना पुष्टि, नेपालमा कति पुगे कोरोना संक्रमित ?

Kumari bank ad

काठमाडौं । काठमाडौंमा थप दुईजनामा कोरोना पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै परिवारका दुईजनामा कोरोना पुष्टि गरेको हो ।

काठमाडौंमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना संक्रमण देखिएको हो ।

आरडीटी परीक्षणबाट एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएपछि पुनस् परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको मन्त्रालले पुष्टि गरेको छ।एकजनाको भने कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।अपार्टमेन्टमा कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनाको परीक्षण सुरु गरिएको छ।

त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ । संक्रमित दुवैजना चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए।तीनैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। काठमाडौंमा ३, बागलुङमा २, रौतहटमा १, वीरगन्जमा ३, कैलालीमा ५, धादिङमा १ गरी १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एकजना भने संचो भएर घर फर्किसकेका छन्।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।

वि.सं.२०७७ वैशाख २ मंगलवार १४:५३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...