back
NMB ad

गुल्मी र बागलुङको सीमानामा ताला लगाएर आउजाउ बन्द

Kumari bank ad

थम्मन थापा ‘सन्देश’, बागलुङ । बागलुङको गलकोट र गुल्मीको मुसीकोट नगरपालिकामा आउजाउ बन्द गर्ने बाटो बन्द गरिएको छ ।

बागलुङ र गुल्मीको सिमाना गलकोट नगरपालिका वडा नं ८ काँडेबास र मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोट सादी खोलामा बन्द गरिएको हो ।

काँडेबास वामीटक्सार सडकमा बाँसको तगालोसहित ताला लगाईएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए ।

एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लादेखि अर्को जिल्ला र पालिकामा कोरोना संक्रमण फैलिन नदिन नाकामा तगालो लगाइएको वडा अध्यक्ष कँडेलले बताए ।

गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाको आपसी समझदारीमा नाका सिल गरिएको हो। लक डाउन अवधिभर अत्यावश्यकीय कामकाजको लागि गाडी र मान्छे आवतजावत गर्न सकिने मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेश खरेलले जानकारी दिए।

उक्त रुट भएर चल्ने सवारी साधन र हिँडडुल गर्ने मानिसले स्थानीय तहमा जानकारी गराउनु पर्ने बताइएको छ। बिरामी, खाद्यान्न लगायतका कामकाजको लागि नाका खुलाइने स्थानीय सुरेन्द्र छन्त्यालले जानकारी दिए। यो नाका भएर छिमेकी मुलुक भारत, सुनौली, भैरहवा, बुटवल, पाल्पा, गुल्मीका विभिन्न स्थानमा आवतजावत गर्न सकिन्छ ।

सोमबार बडिगाड गाउँपालिकाले बडिगाड र गलकोटको सिमाना गिरङदी खोला पुलमा नाका सिल गरेसँगै यो नाका वैकल्पिक मार्गको रुपमा प्रयोग हुने हुँदा उक्त जोखिम कम गर्न नाका सिल गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए।

अहिले नाका सिल गरिएसँगै तगालोको चाबी वडा अध्यक्ष राम प्रसाद कँडेल, समाजसेवी सुरेन्द्र छन्त्याल र नाका नजिकका स्थानीय भविलाल गौतमसँग रहने गरी व्यवस्थापन गरिएको छ।

नाका सिल गरिएसँगै आम नागरिकलाई अत्यावश्यक काम परे दुवै तर्फका वडा कार्यालयलाई आधिकारिक जानकारी गराउनु पर्ने वडा कार्यालयले जनाएका छन्।

लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन्। बागलुङमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सतर्कता बढाइएको छ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १५:०२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...