back
NMB ad

कोरोना राहत कोषमा सहकारीहरुको २ लाख ५६ हजार सहयोग

Kumari bank ad

सोम शर्मा बजगाई, भक्तपुर । चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिकाभित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कोरोना कोषमा चाँगुनारायण—६ नगरकोटस्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १ लाख रुपैयाँ, छिन्नमस्ता महिला कोषले ३० हजार, नालाछाप प्रगतिशिल महिला साकोसले २१ हजार, सहयात्री साकोस र अष्टज साकोसले २०/२० हजार, सुरक्षा साकोस, क्षेत्रपाल गणेश कृषि सहकारी संस्था र दीपज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि.ले १०/१० हजार सहयोग प्रदान गरेको नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

यसैगरी बृहत साकोस, सहारा साकोस, पर्वत साकोस, नौलो साकोस, सौडोल कृषि सहकारी, गोदावरी कृषि सहकारी र कामद कृषि सहकारीले ५/५ हजार रुपैयाँ सहयोग गरेको मिश्रले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रभित्रका सहकारी सम्मिलित सहकारीहरुको संञ्जाल चाँगुनारायण नगरस्तरिय सहकारी सञ्जालको समन्वयमा रकम संकलन गरिएको सञ्जालका अध्यक्ष उमेश प्रधानले जानकारी दिनुभयो ।

सञ्जालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बिरुद्धको लडाइमा नगरपालिकालाई साथ दिन राहत रकम सहयोग प्रदान गरिएको सञ्जालका सचिव प्रल्हाद बास्तोलाले बताउनुभयो ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १४:३९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...