back
NMB ad

बेलायतमा लकडाउन : फेरि २१ दिन थप गर्ने निर्णय !

Kumari bank ad

एजेन्सी । बेलायतमा जारी लकडाउन कम्तीमा तीन सातासम्म थपिने भएको छ । विदेशमन्त्री डोमिनिक राबले आफ्नो दैनिक ब्रिफिङका क्रममा सुरक्षात्मक उपायहरू खुकुलो पार्दा जनस्वास्थ्य र अर्थतन्त्रमा खतरा पर्ने समीक्षा भएका कारण लकडाउनको अवधि थप हुने जानकारी दिएका छन् ।

’हाम्रो संक्रमणदर घट्नु पर्नेजति घटेको छैन’, राबले भने। बेलायतमा हालसम्म कोरोनाका कारण १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ । बेलायतले कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि मार्च २३ मालकडाउनको घोषणा गरेको थियो ।

राबले हाल बेलायतमा संक्रमणको अवस्था ’खतरापूर्ण र नाजुक तह’मा रहेको बताएका छन् । ’हामीले सुरक्षात्मक उपायलाई खुकुलो पार्न हतार र्गयौं भने हामीले गरेका त्याग र प्रगति सबै खतरामा पर्छन्’, राबले भने, ’यसले हामीलाई तुरुन्तै अर्को लकडाउनमा र्पुयाउँछ ।’

राबले हाल पालना गरिएका उपायहरूले काम गरिरहेको देखाएको बताए । उनले पाँच अवस्थामामात्र लकडाउन खुकुलो गर्न सकिने बताएका छन्।

राष्ट्रिय स्वास्थ्यसेवाले ’हुन्छ’ भनेको अवस्थामा,दैनिक मृत्युदर कम भएमा, संक्रमणदर व्यवस्थापन गर्न सकिने तहमा पुगेमा, परीक्षण र व्यक्तिगत सुरक्षा पहिरन(पिपिई)ले भविष्यको माग थेग्ने भएमा र कुनै पनि कदमले दोश्रो चरणको उच्च बिन्दुमा लैजादैन भन्ने देखिएमा मात्र लकडाउन खुकुलो पारिने उनले बताएका छन्।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०८:४४ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...