back
NMB ad

कोरोना विरामी डिस्चार्ज : स्वास्थ्यकर्मीलाई प्रधानमन्‍त्रीको बधाई

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिनुभएको छ ।

शनिबार कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिनुभएको हो ।

ओलीले ट्वीटरमार्फत् डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बधाई दिनुभएको हो ।

‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, प्रधानमन्त्री ओलीले ट्वीटमा लेख्नुभएको छ, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद।’
दोस्रो कोरोना बिरामी युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर शनिबार घर फर्किएकी हुन ।

डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन् । यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ ।<

कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १५:१६ मा प्रकाशित

You can share this post!

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:४३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:३२

गोदार (धनुषा), ३१ वैशाख : जनकपुरमा सहकारीको रु ८० लाख...

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...