back
NMB ad

‘बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो’, अहिले पनि १८ घण्टा काम गरिरहेको छु: प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि आफू दैनिक १८ घण्टा काम गरिरहेको बताउनुभएको छ । बफादारिताका साथ देश र जनताका लागि काम गरेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले जस लिनुपर्ने वा मूल्यांकन होस् भन्ने भावना आफूमा नरहेको पनि बताउनुभयो ।

राससलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विरामी प्रधानमन्त्रीले देश चलायो भन्ने सुनिने गरेको पनि उल्लेख गर्नुभयो ।प्रधानमन्त्रीले भन्नुभएको छ, केहीले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ । हुटिट्याउँ प्रवृत्ति छ । ती कुराहरु कति सान्दर्भिक छन? तिनले आफैंलाई असान्दर्भिक बनाउँछन्। तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन्। मबाट यो भन्दा बढी के अपेक्षा गर्ने?’

प्रधानमन्त्री आफैं विरामी भएर पनि देशलाई संक्रमणबाट जोगायो भन्न सकिने उल्लेख गर्दै उहाँले थप्नुभएको छ, ‘आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु।’

यति काम गर्दा पनि जश लिनुपर्ने वा मूल्यांकन होस् भन्ने भावना आफूमा नरहेको प्रधानमन्त्रीको भनाइ छ । ‘मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो।

अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठीक होइन। त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । प्रधानमन्त्री ओलीले केही दिन अघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १७:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...